Fast Nepal News

उर्मीलालाई मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि

banner single news

काठमाडौं ।‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला उप्रेती सिलवालले जितेकी छिन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा बिवाहित महिलाहरु बीच काठमाडौंमा गराएको प्रतिस्पर्धा उत्कृष्ट प्रस्तुतीका साथ सिलवालले ताज पहिरीएकी हुन् ।

‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि हात पार्न सफल भएकी सिलवालले आउँदो अप्रिल २०२२ मा म्यानमारमा हुने मिसेस इन्टरनेशनलमा नेपालका तर्फबाट भाग लिनेछन् । जहाँ विभिन्न देशबाट उनी जस्तै उपाधी हासिल गर्न सफल सुन्दरी महिलाहरु प्रतिस्पर्धा सहभागीता हुनेछन् ।

को हुन उर्मीला उप्रेती सिलवाल ?

Inside Article Ads

आरसी सेन्टर लुम्बिनीको भिपि, नेपाल नियमित रक्तदाता संघ भिपि, मन्टेश्वरी एसोसिएसन अफ भैरहवाको भिपि साथै लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कुल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सीपल हुन उर्मीला उप्रेती सिलवाल । विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा संलग्न सिलवाल विद्यार्थीहरुको सुन्दर भविस्यका लागि तल्लिन रहदै विशिस्ट योगदान पुर्याउदै आएकी छिन् । हालसम्म ३०० भन्दा बढी शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिएकी उनी मन्टेश्वरी शिक्षा प्रवाह गर्ने टप ट्रेनर समेत हुन् । सिलवालले भविष्यमा अन्तराष्ट्रियरुपमै यस्ता लाखौं शिक्षक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको समेत बताएकी छन् ।पाँचजना बालबालिकाबाट निःशुल्क शिक्षा अभियान प्रारम्भ गरेकी सिलवालले अभियान अन्तर्गत लाखौंको संख्या पुर्याएर शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने आफ्नो लक्ष्य रहेको बताएकी छिन् ।

सिलवाल क्यानडामा रहेको डोमेष्टिक वर्कर युनाइट नामक संस्थाको २०१७ देखि नेपाल संयोजक रहेर काम गरेकी छन् । सिलवालले जीवनमा सिक्ने सिकाउने काम निरन्तर रहने हुनाले आफु यस्ता नयाँ काममा भाग लिनका लागि सधै उत्साहित रहेको बताउँदै उक्त प्रतियोगितामा भाग लिएको र उपाधि जित्न सफल भएकोमा खुशी व्यक्त गरिन।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.