Fast Nepal News

नेकपाले दिने भयाे नेताहरूलाइ तलब भत्ता

‘केन्द्रीय सदस्यहरुलाई कसरी आर्थिक सहयोग गर्न सकिन्छ? यसबारे पनि बैठकमा कुरा भएको छ’

banner single news

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरुलाई तलब भत्ता दिने प्रस्ताव अघि सारेको छ। आइतबार एउटा केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुलाई मासिक तलब भत्ता दिने प्रस्ताव अघि सारेको हो।

पार्टीमा निरन्तर खटिरहनु पर्ने भएकाले कम्युनिष्ट पार्टीहरुले यसअघि अपनाउँदै आएको रणनीति अनुसार नै केन्द्रीय सदस्यहरुलाई मासिक तलब भत्ता दिने प्रस्ताव परेको हो।

नेकपाले एकतापछि पहिलो पटक केन्द्रीय सदस्यहरुलाई आर्थिक सहयोग गर्ने नीति लिएको हो। केन्द्रीय कमिटीका सदस्यहरुलाई आर्थिक समस्या पर्ने भएकाले यस्तो प्रस्ताव गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘केन्द्रीय सदस्यहरुलाई कसरी आर्थिक सहयोग गर्न सकिन्छ? यसबारे पनि बैठकमा कुरा भएको छ’, उनले भने, ‘कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुलाई पहिलेदेखि नै सहयोग गर्ने नीति छ। प्रदेश र जिल्ला कमिटीको हकमा सम्बन्धित कमिटीमै यसबारेमा छलफल भएर मापदण्ड तय हुनेछ।’

पूर्णकालिन रुपमा पार्टीको काम लाग्नेलाई आर्थिक सहयोग गर्ने निती पुरानो भएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन्। ‘दुई पार्टीको एकता पहिले तत्कालीन एमालेले पनि सदस्यहरुलाई मासिक रुपमा सहयोग दिन्थ्यो’, उनले भने, ‘तर, मैले कहिल्यै लिइनँ। त्यसैले कति दिन्थ्यो भन्‍ने मलाई थाहा छैन।’

Inside Article Ads

पार्टी एकताअघि तत्कालीन नेकपा एमालेले स्थायी कमिटी सदस्यहरुलाई मासिक १५ हजार र केन्द्रीय सदस्यहरुलाई १० हजार तलब भत्ता दिने गरेको थियो। तर, तत्कालीन माओवादी केन्द्रले भने मासिक तलबभत्ता भनेर दिने नदिएको नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्।

‘पार्टीमा पूर्णकालिन रुपमा लाग्‍ने केहीलाई आर्थिक सहयोगको रुपमा दिएका थियौं’, उनले भने, ‘तर, सबैलाई मासिक रुपमा तलबभत्ता नै तोकेर दिएको मलाई थाहा छैन। ’

पार्टी एकतापछि नेकपामा नौ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका छन्। केन्द्रीय सदस्यहरुमध्ये २ सय ४१ तत्कालीन एमालेबाट र २ सय तत्कालीन माओवादी केन्द्रका छन्।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.