
काठमाडौँ — ४ पुस २०७८
काठमाडौँ , भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कात्तिक अन्तिममा आयोजना प्रमुख, सडक विभागका महानिर्देशकलगायतलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिइन् । सार्वजनिक सूचना निकालेर दुई साताको समय दिन र उक्त समयभित्र काम नगरे ठेक्का तोड्न उनको निर्देशन थियो । त्यसको एक महिना बित्यो । तर देशका विभिन्न ठाउँमा रहेका १७० रुग्ण ठेक्का कतै तोडिएनन् । अब भने रुग्ण ठेक्काले पुस मसान्तसम्म पनि काम अघि नबढाए सम्झौता तोडिने मन्त्री यादवले कान्तिपुरसँग बताएकी छन् । ‘लामो समयसम्म पनि निर्माण व्यवसायीले काम नगरेर अलपत्र पारेका रुग्ण ठेक्कालाई दुई साताको समय दिएर सूचना निकाल्न निर्देशन दिएकी थिएँ,’ उनले भनिन्, ‘सूचना निकाल्ने कुरा भएपछि लामो समयदेखि रोकिएका काम सुरु भएका छन् ।’ काम सुरु भए पनि चित्तबुझ्दो प्रगति भने छैन । कामको गति कम रहेको उनले सुनाइन् । ‘रुग्ण ठेक्कामा प्रायः सबैतिर काम सुरु भएको छ । तर जति प्रगति हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भनिन्, ‘अनुगमन तीव्र पारेर निर्माण व्यवसायीलाई काम सक्न दबाब दिएका छौं ।’ पुस मसान्तसम्म पनि काममा कुनै प्रगति नदेखिए ठेक्का
अहिले सबैभन्दा बढी स्थानीयले विरोध गरेको सडकखण्ड हो मुडे–चरीकोट विस्तार । ६ वर्ष भयो, काम सकिएको छैन । ३० किमि सडकको ठेक्का भारतको सकिल हैदर कम्पनी र नेपालको शंकरमाली–सुनौलो खिम्तीले संयुक्त ठेक्का लिएका हुन् । काम गर्न भनेर पटकपटक पत्र लेख्दा पनि निर्माण व्यवसायीले काम नगरेको लामोसाँघु–जिरी सडक सुधार आयोजनाका प्रमुख कृष्णराज पन्तले बताए । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा ७९ करोड रुपैयाँमा यो सडक विस्तार ठेक्का भएको हो ।
( कान्तिपुर दैनिक )
