Fast Nepal News

‘मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१’ को उपाधी रोजक र सुहानीको हातमा

banner single news

काठमाडौँ — कार्तिक ७, २०७८।

ईम्पेरियल क्वीन ईभेन्ट्सको आयोजनामा ‘मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१’ सम्पन्न भएको छ । म्युजिक सिटि हलमा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा मिस्टरतर्फ रोजक श्रेष्ठ र मिस तर्फ सुहानी सिंह विजेता भएका छन । बिजेताद्वयले उपाधीसंगै एवरेस्ट फिल्म एकेडेमीको तर्फबाट एक लाख बराबरको छात्रवृत्ती, आईएल्स क्लासअध्ययनका लागि छात्रावृत्ती, फ़ोटोसुट र मोडलिङ सम्झौतासहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन।

प्रतियोगितामा सेहाङ राई र सुलभा न्यौपानेले फष्ट रनरअपको ताज हात पारे भने सेकेण्ड रनरअपको ताज सर्फराज खान र करेन प्रधानाङ्गले हात पारे। त्यस्तै, थर्ड रनरअपको ताज ईक्षाहाङ लिम्बूले जित्दा प्रसंशा राउत र प्रशान्त थापा मगर अर्गनाईजर चोईस घोषित भए । प्रतियोगिताको ब्राण्ड एम्बासडरमा लाक्डोल्मा शेर्पा र लोकेश बोगटी चयन हुँदा व्युटी विथ ब्रेन तर्फको उपाधी भने उम्बिका गोराजुले हात पारिन।

Inside Article Ads

सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको प्रतियोगिता रुविश्का श्रेष्ठले संचालन गरेकी थिईन । उक्त प्रतियोगिताको निर्णायकमा सुशान्त काजी श्रेष्ठ, साक्षी लम्साल, शैलजा शाह, दिव्या महर्जन र आशिष नापित रहेका थिए ।

आयोजक कृ्ष्ण श्रेष्ठका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम स्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण प्रदान गरिएको थियो ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.