Fast Nepal News

देशका विभिन्न जिल्ला अविरल वर्षाका कारण प्रभावित सरकार किन मौन?

banner single news

प्रकाश कपाली। ‌‌आईतबार देखि लगातार वर्षा भइरहेको कारण यसले प्राकृतिक विपत्ति निम्त्याएको छ।अविरल वर्षा भएसँगै वर्षाको कारण किसानको जनजीवन प्रभावित बन्न पुगेको छ। वर्षा भएसँगै यसको प्रत्यक्ष असर श्रमजीवि किसानलाई परेको छ।

श्रमजीवि किसानहरू अविरल वर्षाका कारण धानबाली क्षति भएसँगै आर्थिक उपार्जन गर्ने नगदे बाली भएकाले आर्थिक संकटमा परेको छ। वर्षभरी आफूलाई पुग्ने अन्न नाश हुदाँ किसानको करिब ४ महिनाको मिहिनेत र लगानी खेर गएको अवस्था छ।अविरल वर्षाका कारण धेरै किसानहरुले आर्थिक उपार्जन गरी ऋण तिर्ने सपना, मानवीय आवश्यकता पुरा गर्ने सपना केवल सपनामा मात्र सीमित हुन पुगेको छ।तर अविरल वर्षाको कारण देशको विभिन्न स्थानमा किसान वर्गको जनजीवन प्रभावित भएपनि यस विषयतर्फ सरकारको ध्यान पुग्न सकेको छैन।

जनता हकहितको रक्षा गर्न र जनताको सेवा गर्न सत्तामा पुगेका व्यक्तिहरु यस विपत्तिमा मौन रहेर बसेको छ। सरकारको मौनताको कारण आज अविरल वर्षाबाट प्रभावित भएका व्यक्तिहरूको समस्यामा सरकार मौन धारण गरेर बस्नु आफैंमा दुःखद पक्ष हो।

Inside Article Ads

जनताको समस्या समाधान गर्न सरकारमा पुगेको व्यक्तिहरुले श्रमजीवि किसानको समस्याको समाधान गर्ने विषय तर्फ ध्यान दिनु अति नै आवश्यक छ। ‌

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.