Fast Nepal News

महिलाहरूकाे पर्व सुरू, आज दर खाने दिन,भाेली तिज

दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ

banner single news

२३ भदौ, काठमाडौं । नेपाली हिन्दु महिलाहरूले हरितालिका तीजको अघिल्लो दिन आज दर खाने चलन रहेको छ । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुको व्रत बस्ने गर्दछन् ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक-फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

Inside Article Ads
Visited 119 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.