Fast Nepal News

श्रीलंकाका पूर्वकप्तान थारंगाले भैरहवाबाट खेल्ने

banner single news

काठमाडौँ — १८ भाद्र २०७८

काठमाडौँ, भैरहवा ग्लाडियटर्सले श्रीलंकाका पूर्वकप्तान उपुल थारंगालाई बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा खेलाउने भएको छ ।यसअघि टोलीले पहिलो विदेशी खेलाडीका रूपमा श्रीलंकाकै दिनेश चण्डिमाललाई अनुबन्ध गरेको घोषणा गरे पनि उनी राष्ट्रिय टोलीसँग रहनुपर्ने भएपछि उनको स्थानमा थारंगालाई ल्याइएको भैरहवाले जनाएको छ ।३६ वर्षे देब्रेहाते ब्याट्सम्यान थारंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खल्दै ९ हजारभन्दा बढी रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमै १५ शतक र ३७ अर्धशतकसहित ६ हजार ९ सय ५१ रन बनाएका छन् ।

सन् २०१३ मा भारतविरुद्ध बनाएको १ सय ७४ रन उनको उच्च स्कोर हो । उनले ट्वान्टी–२० को सबै संरचनामा गरेर ३ हजार ३ सय ८४ रन बनाएका छन् ।भैरहवाको प्रशिक्षकमा श्रीलंकाकै पूर्वक्रिकेटर पुबुदु दासानायके छन् । भैरहवा पछिल्लो दुई सिजनको फाइनलमा पराजित भएको थियो । शरद भेषावकरको कप्तानीमा रहने भैरहवामा आरिफ शेख, रोहितकुमार पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दिपेश श्रेष्ठ, विकाश आग्री, दुर्गेश थापा, हिमांशु दत्तलगायत छन् ।बाँकी विदेशी खेलाडी र टयालेन्ट हन्टबाट आउने एक खेलाडीको पछि घोषणा गरिने भैरहवाले जनाएको छ ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.