Fast Nepal News

रोनाल्डोले तोडे अली देईको कीर्तिमान

banner single news

पेरिस — १७ भाद्र २०७८

पेरिस, क्रिस्टियानो रोनाल्डोले बुधबार अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगलले विश्वकप छनोटमा आयरल्यान्डलाई २–१ ले पराजित गर्दा उनले दुवै गोल गरे । यो उनको पोर्चुगलका लागि १ सय १० र १ सय ११ औं गोल रह्यो ।खेलको अन्त्यतिर ३६ वर्षीय रोनाल्डोले दुवै गोल हेडबाट गरे । यसअघि उनको पेनाल्टी प्रहार आयरल्यान्डका गोलरक्षक गभिन बाजुनुले रोकेका थिए ।

सन् १९९३ देखि २००६ बीच इरानका लागि अली देईले १ सय ९ गोल गरेका थिए ।रोनाल्डोले युरो २०२० का क्रममा देईको बराबरी गरेका थिए । आयरल्यान्डविरुद्धको खेलमै रोनाल्डोले पोर्चुगलका लागि १ सय ८० खेले खेले । यससँगै उनले सर्जियो रामोसको नाममा रहेको आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान बराबरी गरे ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.