Fast Nepal News

भारतको लज्जास्पद हार

banner single news

लिड्स — १३ भाद्र २०७८

लिड्स , ओली रोबिन्सनले ५ विकेट लिएपछि इंग्ल्यान्डले शनिबार भारतलाई तेस्रो टेस्टमा एक इनिङ्स र ७६ रनले पराजित गरेको छ । चौथो दिनको खेलमै विजय हात पारेर इंग्ल्यान्डले ५ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ । इंग्ल्यान्डले लर्डसको दोस्रो टेस्ट १ सय ५१ रनले जितेको थियो । भारतले २१५–२ बाट शनिबार खेल सुरु गरेको थियो र १९.३ ओभर खेलेपछि टोलीले बाँकी रहेको ८ विकेट ६३ रनमै गुमायो । रोबिन्सनले ६५ रन खर्चेर ५ विकेट लिए । पहिलो इनिङ्समा २ विकेट लिएका उनी म्यान अफ द म्याचमा चुनिए । भारतको दोस्रो इनिङ्स २ सय ७८ रनमा समेटिएको थियो । जबकि पहिलो इनिङ्समा भारतले टस जितेपछि ७८ रनमात्र बनाउन सकेको थियो । जेम्स एन्डरसनले ६ रनमा भारतको सुरुआती ३ विकेट लिएर पहिलो इनिङ्स भत्काएका थिए ।

स्टुवार्ट ब्रोड, जोफ्रा आर्चर, मार्क उड, क्रिस वोक्स र ओली स्टोन चोटका कारण खेल्न नसकेको अवस्थामा चौथो टेस्ट खेलिरहेका रोबिन्सनले इंग्ल्यान्डको तीव्र गतिको बलिङमा आफ्नो बलियो उपस्थिति देखाए । अलराउन्डर बेन स्टोक्स पनि मानसिक स्वास्थ्यको कारण देखाएर नखेलेका अवस्थामा रोबिन्सन चम्किएका हुन् । यसै वर्ष अन्तर्राष्ट्रियस्तरमा उदाएको मात्र अवस्थामा उनीमाथि विगतमा गरेको रंगविरोधी ट्वीटका कारण ८ खेलको प्रतिबन्ध लगाइएको थियो, त्यसमा ५ खेलको निलम्बन समय फैसला आउनुअघि नै सकिसकेको थियो ।दिनको सुरुआतबाटै इंग्ल्यान्डले नयाँ बल लिएको थियो । चेतेश्वर पुजाराले आफ्नो अघिल्लो दिनको स्कोर ९१ रनमा कुनै रन थप्न सकेनन् । पुजाराले छाडेको बलमा रोबिन्सनले उनलाई एलबीडब्लू आउट गरे । त्यसलगत्तै कप्तान विराट कोहली ५५ रनमा आउट भएपछि इंग्ल्यान्डले टेस्ट पूर्णरूपमा आफ्नो नियन्त्रणमा लियो । 

कोहलीले शृंखलामा पहिलो अर्धशतक बनाएका हुन् । सन् २०१९ को जनवरीमा अस्ट्रेलियाविरुद्ध सिड्नीमा १ सय ९३ रन बनाएयता पुजाराले शतक बनाउन सकेका छैनन् । रोबिन्सनको बल छाडेको अवस्थामा बल प्याडमा लागेपछि पुजारा आउट भए । अम्पायरले त्यसमा नटआउटको निर्णय दिए । तर रोबिन्सनले इंग्ल्यान्डका कप्तान जो रुटसँग परामर्श गरी रिभ्यु लिएपछि पुजाराको १ सय ८९ बलको इनिङ्स रोकिएको थियो ।एन्डरसनले कोहलीलाई ४६ रनमा आउट गरे, तर कोहलीले रिभ्यु लिँदा बल ब्याटमा नभई प्याडमा लागेको देखिएको थियो । रोबिन्सनले कोहलीलाई पहिलो स्लिपमा रुटको हातबाट क्याच गराए । उपकप्तान अजिन्क्या रहाने १० रनमा एन्डरसनको बलबाट यस्तै तरिकाले आउट भए । रहानेले विकेटकिपर जोस बटलरलाई क्याच थमाए । 

Inside Article Ads

ऋषभ पन्त स्टम्पबाहिरको बल हान्न खोल्दा १ रनमै रोबिन्सनको बलमा क्रेग ओभरटनबाट तेस्रो स्लिपमा समातिए । अब प्रश्न यतिमात्र थियो भारतले भोजनपछि पनि खेल लम्ब्याउन सक्छ कि सक्दैन । भारतका तल्लोक्रमका ब्याट्सम्यानले शनिबार खेलमा माथिल्लोक्रमका ब्याट्सम्यानले भन्दा राम्रो खेले पनि भ्रमणकारी टोली भोजनअगाडि नै अलआउट भयो । रवीन्द्र जडेजाले छिटो गतिमा ३० रन बनाए । मोहम्मद सिराजलाई स्लिपमा क्याच गराएका ओभरटनले ४७ रन खर्चेर ३ विकेट लिए ।यो टेस्ट व्यक्तिगत रूपमा रुटका लागि विशेष थियो । योर्कसायरको आफ्नो मैदानमा उनकै १ सय २१ रन मदतमा इंग्ल्यान्डले पहिलो इनिङ्समा ४ सय ३२ रन बनाएको थियो । शृंखलामा यो उनको तेस्रो र वर्षको छैटौं टेस्ट शतक हो । ओपनरद्वय रोरी बनर्स र हसिब हमिदले बाहेक डम सिब्लीको स्थानमा ल्याइएका डेविड मालनले ७० रन बनाए । चौथो टेस्ट बिहीबार ओभलमा सुरु हुनेछ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.