
लिड्स — ११ भाद्र २०७८
लिड्स, इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन बिहीबारको खेल समाप्त हुँदा ३ सय ४५ रनको विशाल अग्रता लिन सफल भएको छ । इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा आठ विकेट गुमाएर ४ सय २३ रन बनाएको छ ।यसका लागि क्रेग ओभरटन २४ र ओली रोबिन्सन शून्यमा खेलिरहेका छन् ।
यसअघि कप्तान जोए रुटले १ सय २१ रनको सानदार प्रदर्शन गरे । यस्तै डाविड मालनले पनि ७० रनको योगदान दिए ।भारतीय बलरमध्ये मोहम्मद सामीले तीन विकेट लिएका छन् । यसअघि भारत आफ्नो पहिलो इनिङ्समा ७८ रन बनाएर अलआउट भएको थियो ।
( कान्तिपुर दैनिक )
