Fast Nepal News

साफ तयारी कतारमा गरिने

banner single news

काठमाडौँ — ११ भाद्र २०७८

काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिप २०२१ को तयारीका लागि बन्द प्रशिक्षण सिविर कतारमा गर्ने भएको छ ।नेपाली टिमले हाल पोखरामा ट्रेनिङ गरिरहेको छ । पोखराबाट फर्केर नेपालले दशरथ रंगशालामा भारतविरुद्ध सेप्टेम्बर २ र ५ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सोही २५ सदस्यीय नेपाली टिम सेप्टेम्बर १० मा दोहा प्रस्थान गर्ने र त्यहाँबाटै सेप्टेम्बर २७ मा माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुँदै छ ।

पाकिस्तान र भुटानको अनुपस्थितिमा यसपालिको साफमा पाँच टिम (आयोजक माल्दिभ्स, भारत, बंगलादेश, श्रीलंका र नेपाल) ले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिगको शीर्ष दुई टिम उपाधिका लागि फाइनलमा भिड्नेछन् । नेपालले अक्टोबर १ मा माल्दिभ्स, अक्टोबर ४ मा श्रीलंका, अक्टोबर १० मा भारत र अक्टोबर १३ मा बंगलादेशविरुद्ध खेल्नेछ । सधैं उपाधि जित्ने लक्ष्य राख्ने गरेको नेपाली टिम हालसम्म साफ च्याम्पियनसिपको फाइनल पुगेको छैन ।
Inside Article Ads

मैत्रीपूर्ण खेल दर्शकबिना हुनसक्ने

नेपाली राष्ट्रिय टिम र भारतले प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दुई खेल दर्शकबिना हुनसक्ने भएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बिहीबार आयोजित कार्यक्रममा भने, ‘जिरो अकुपेन्सीमा खेल सञ्चालन गर्ने तयारी र रनिङ बोर्ड (विज्ञापन देखाइने) बाट देखाइन सकिनेछ ।’टेलिभिजन प्रसारण बिक्रीएन्फाले राष्ट्रिय खेलकुद परिषद्मा ‘जिरो अकुपेन्सी’ अर्थात् बिनादर्शक नै खेल सञ्चालन गर्नका लागि स्वीकृति मागेको छ । दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा हुने खेल दर्शकसहित सञ्चालन गर्ने प्रयासमा एन्फाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पत्राचार गरिसकेको छ । गत चैतमा भएको थ्री नेसन्स कपमा नेपाल, बंगलादेशसँगै किर्गिस्तानको यू–२३ टिमले हजारौं दर्शकको उपस्थितिमै दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । 
देशकै पहिलो फ्रेन्चाइज टिमको फुटबल प्रतियोगिता नेपाल सुपर लिग (वैशाख–जेठ) भने दर्शकरहित खेलाइएको थियो ।नेपालले अक्टोबर १–१६ मा माल्दिभ्सले आयोजना गर्ने साफ च्याम्पियनसिप २०२१ को तयारीमा भारतलाई निम्त्याएको हो । एन्फाले यी दुई खेलको प्रशारण अधिकार एडप्याडलाई २५ लाख १० हजार रुपैयाँमा बिहीबार बिक्री गरेको छ ।एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्नेछ भने डिजिटल प्लेटफर्म (भारतबाहेक) मा ओएसआर स्पोर्ट्सले गर्नेछ । सम्झौताअनुसार विज्ञापनका लागि मैदानवरिपरि राखिने ३२ वटा रनिङ बोर्डमध्ये १५ वटाको प्रयोग पनि एडप्याडले गर्नेछ ।  

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.