Fast Nepal News

लुम्बिनीको एमालेले प्रदेश सरकारलाई मान्यता नदिने

banner single news

रूपन्देही — ८ भाद्र २०७८

रूपन्देही, लुम्बिनी प्रदेश सरकारलाई एमालेले मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने बेलामा प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठक नै छोडेर बाहिरिएको थियो । बैठक छोडेर विश्वासको मत विभाजन प्रक्रियामा सहभागी नभएको एमाले संसदीय दलले सरकारलाई वैधानिकता दिन नसक्ने बताएको हो ।एमाले संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेश सभामा सोमबार ‘नाटक मञ्चन’ गरिएको भन्दै त्यस्तो नाटकबाट बनेको सरकार असंवैधानिक रहेको बताए । ‘सरकार बन्दा नै वैधानिक प्रक्रिया पुरा भएको छैन,’ उनले भने, ‘त्यस्तो अवैधानिक नाटकलाई हामीले मान्यता दिने कुरा नै आउँदैन ।’

उनले एमालेले कारबाहीको सिफारिस गरेका दुई प्रदेश सभा सदस्य पदमुक्त नहुँदासम्म प्रमुख प्रतिपक्षको हैसियतले प्रदेश सभा बैठक बहिष्कार गर्ने पत्रसहित जानकारी दिँदादिँदै पनि जबरजस्ती बैठक सञ्चालन गरेर संसदीय मर्यादा नाघेको बताए । प्रतिपक्षबिना नै लिएको विश्वासको मतको कुनै अर्थ र वैधानिक स्पष्टता नहुने एमालले जनाएको छ ।एमालेले आफ्ना दुई सदस्यलाई कारबाही नहुँदासम्म प्रदेश सभा बैठक चल्न नदिने अडान अझै पनि जारी रहने पनि स्पष्ट पारेको छ ।
Inside Article Ads

प्रमुख प्रतिपक्षको बहिष्कारबीच मुख्यमन्त्री केसीले सोमबार प्रदेश सभाका ८० मध्ये ४२ जनाको मत पाएका थिए । केसीलाई कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र १ स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । केसी साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल एमालले भने प्रदेश सभा सदस्य अजय शाही र विमलाकुमारी खत्री एमालेको भन्दै दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको र पदमुक्त गर्न दबाब दिँदै आएको छ । सभामुख पूर्णबहादुर घर्तीले दुवै जनालाई कारबाही गर्न नमिल्ने पत्र एमाले संसदीय दललाई पठाएपछि आक्रोशित बनेको एमालेले बैठक बहिष्कार गर्दै आएको हो ।  

(कान्तिपुर दैनिक)

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.