Fast Nepal News

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी)

banner single news

काठमाडौँ — ४ भाद्र २०७८

काठमाडौँ, एमालेबाट विभाजित भएको  माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।तर अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा ( एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पार्टीको नयाँ नामको निवदेन आइसकेको छ ।

उनले पार्टी दर्ताको प्रक्रिया पुरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।गत फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धि विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने खालको फैसला गरेको थियो । त्यसैकारण तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई नयाँ नाम तय गर्न अदालतले भनेको थियो ।तर नेकपाले नयाँ नाम दिएन, त्यसपछि एमाले र माओवादी केन्द्र पुरानै दलको रुपमा ब्यूँतिएका थिए ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.