Fast Nepal News

अमेरिकाले काबुलबाट उद्धार गरेका १२७ नेपाली स्वदेश आइपुगे

banner single news

काठमाडौँ —  १ भाद्र २०७८

काठमाडौँ, अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् ।अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताए । गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो ।

उनीहरूलाई दाेहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो ।दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश: उद्धार गरेर ल्याउने तयारी रहेको गुरुङले जानकारी दिए ।अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ । राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् ।त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.