Fast Nepal News

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मत्यु

banner single news

नेपालगन्ज — ३२ श्रावण २०७८

नेपालगन्ज, बाँकेमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु गएको छ । सोमबार बिहान राप्तीसोनारी गाउँपालिका-१ गाभरमा मालबहाक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका बर्दियाका चेतन बोहोरा र प्रदीप चौधरीको उपचारका क्रममा मृत्यु भएको खनालले बताए । गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो ।पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.