Fast Nepal News

पवनदीप बने ‘इन्डियन आइडल १२’ को विजेता

banner single news

काठमाडौँ — ३२ श्रावण २०७८

काठमाडौँ, पवनदीप राजन भारतीय सांगीतिक रियालिटी शो ‘इन्डियन आइडल १२’ को विजेता बनेका छन् । शीर्ष पाँचलाई पछाडि पार्दै उत्तराखण्डका गायक पवन आइडलको विजेता बनेका हुन् ।आइतबार भएको १२ घण्टाको लामो ग्रान्ड फिनालेमा अरुनिता कांजिलाल, निहाल तारो, मोहम्मद दानिश, शनमुख प्रिया, सायली कांबेलसँग पवनको प्रतिस्पर्धा भएको थियो ।विजेता पवनले ट्रफीसँगै कार र नगद २५ लाख उपहारमा जितेका छन् । फिनालेमा अरुनिता पहिलो उपविजेता बनिन् भने सायली दोस्रो ।

ट्रफी जितेसँगै पवनले भने,’फिनालेमा आफ्नो स्थान बनाउन सफल सबै प्रतिस्पर्धी विजेता हुन् । फिनालेको समयमा मेरो दिमागमा एउटै कुरा थियो, जसले जिते पनि ट्रफी साथीहरुमै आउने हो । हामी सबै यहाँ परिवारजस्तै छौं । जब मलाई ट्रफी दिइँदै थियो म धेरै उत्साहित थिएँ । हामी सबै जितको हकदार थियौं ।’

Inside Article Ads

आफ्नो आवाजले दर्शकको मन जित्न सफल पवन अक्सर भोट पाउने प्रतिस्पर्धीहरुमा शीर्षमा हुन्थे । ‘मेरा परिवार सबै खुसी हुनुहुन्छ । फिनालेमा मेरा केही साथीहरु पनि आएका थिए । मेरो आमा त रुनुभयो जब मैले ट्रफी उठाएँ,’ अवार्ड जितिसकेपछि पवनले भनेका छन् ।फिनालेमा अनु मलिक, सोनू कक्कड, हिमेश रेसमिया, उदित नारायण झा, जय भानूशाली, सिद्धार्थ मल्होत्रा, कियारा आडवानी र जावेद अली उपस्थित थिए । 

(कान्तिपुर दैनिक)

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.