Fast Nepal News

वालिङमा २५६ खरका छाना हटाइए

banner single news

कास्की — २८ श्रावण २०७८

स्याङ्जाको वालिङ नगरपालिकामा २ सय ५६ घरका खरको छाना विस्थापित गरिएको छ । नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाताले छाइएको हो ।नगर कार्यपालिकाको पाँचौं नगरसभाले नीति तथा कार्यक्रम पारित गरेपछि आर्थिक वर्ष २०७६/०७७ देखि कार्यान्वयनमा आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । स्वास्थ्यका दृष्टिले जस्तापाताभन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना, छाना छाउने दक्ष कामदारको अभावका कारण खरका छाना विस्थापित गरिएको उनले बताए ।

‘कतिपय नागरिक खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न,’ उनले भने, ‘खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने । जनताकै मागका आधारमा जस्तापाताले छाउन लागेका हौ ।’ बाँकी घरलाई यसै वर्ष सम्पन्न गर्नेगरी अगाडि बढिएको खाँणले बताए । नगरमा खरको छाना विस्थापनका लागि ४ सय ३१ घरले आवेदन दिएका थिए । जसमध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमका लागि २ सय ५४ मध्ये २ सय ४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेका थिए । त्यसमध्ये एक सय ६ घरले दोस्रो किस्ता लगेका छन् ।

Inside Article Ads

नगरले २ किस्तामा लाभग्राहीलाई ५० हजार उपलब्ध गराउँछ । आलसम्म वालिङ नपाबाट १ सय ५० घरले ७५ लाख बराबरको जस्तापाता लगेका छन् ।निवेदन दिएकामध्ये १ सय ७५ घर निर्माण हुन बाँकी छन् । प्रतिघरलाई ५० हजारका दरले हालसम्म एक करोड २७ लाख खर्च भएको नगरप्रमुख खाँडले जनाए । गत आवबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग आएको हो ।

(कान्तिपुर दैनिक)

Visited 54 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.