Fast Nepal News

महाधिवेशन नहुने परिस्थति बनेपछि पौडेलले बोलाएर आफूनिकट केन्द्रीय नेताको बैठक

banner single news

काठमाडौँ — २५ श्रावण  २०७८

काठमाडौँ, पार्टीको महाधिवेशन नुहने परिस्थिति बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । सोमबार अपरान्ह महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन् ।क्रियाशील सदस्यता र महाधिवेशनकै प्रसंगमा कुराकानी गर्न बोलाइएको पौडलनिकट एक नेताले जानकारी दिए । महाधिवेशन गर्न नसक्ने भएपछि संस्थापन पक्षका नेताहरू निर्वाचन आयोगसमक्ष पुगेर पार्टीको वैधानिकता बचाउने उपायको खोजी गरिरहेका छन् ।

संस्थापन पक्षको यो खालको कदमलाई पौडेल पक्षले रुचाएको छैन । नेता पौडेलले सोमबार बिहानै ट्विट गरेर कांग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलले निर्धारित समयमा महाधिवेशन नगर्न नसक्ने परिस्थिति सिर्जना गरेर पार्टीलाई भिख माग्ने अवस्थामा पुर्‍याएको भन्दै आपत्ति जनाएका थिए ।महाधिवेशनको गर्न नसक्ने गरी मिति घर्किन लागेपछि सभापति शेरबहादुर देउवासँग पौडेल आक्रोशित छन् । पौडेलले सोमबार ट्विट गर्दै महाधिवेशन हुन नसक्ने स्थिति सिर्जना गर्नुलाई नेतृत्वको चरम सफलता र लापर्बाही भनेका छन् ।

Inside Article Ads

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक बर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,’ पौडेलले भनेका छन्,‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवार्ही अरु के हुन सक्छ ?’ पौडेलले यस्तो परिस्थिति आउनुलाई मुलुककै विडम्बना भनेका छन् । ‘सर्वत्र सफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,’ पौडेलले भनेका छन् ।

(कान्तिपुर दैनिक)

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.