Fast Nepal News

म्यानचेस्टरलाई हराएर लेस्टर कम्युनिटी सिल्ड च्याम्पियन

banner single news

लन्डन — २४ श्रावण  २०७८

लन्डन, लेस्टर सिटीले शनिबार म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेर इंग्लिस कम्युनिटी सिल्ड जितेको छ । एफएकप विजेता लेस्टरका लागि सब्टिच्युट खेलाडी केलेची इहेनाचोले निर्णायक गोल गरे ।खेल टाइब्रेकरतर्फ अग्रसर देखिएको बेला इहेनाचोले ८९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

इग्लिस प्रिमियर लिग विजेता सिटीका एथान एकेले इहेनाचोलाई फउल गरेपछि लेस्टरलाई पेनाल्टी प्रहारको अवसर प्राप्त भएको हो ।लेस्टरले कम्युनिटी सिल्ड जितेको यो दोस्रो पल्ट हो । खेलमा सिटीले १० करोड पाउन्डका ज्याक ग्रेलिसलाई ६५ औं मिनेटमा डेब्युको अवसर दिएका थिए, तर उनले कुनै पनि अवसरमा मौका सिर्जना गर्न सकेनन् ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.