Fast Nepal News

टोकियो ओलम्पिक फुटबलमा ब्राजिललाई स्वर्णपदक

banner single news

टोकियो –  २४ श्रावण  २०७८

टोकियो , डिफेन्डिङ च्याम्पियन ब्राजिलले टोकियो ओलम्पिक २०२० को फाइनलमा स्पेनलाई २–१ ले हराएर पुरुष फुटबलमा स्वर्णपदक जितेको छ । उसले ५ वर्षअघि रियो ओलम्पिकमा जितेको उपाधि टोकियोमा रक्षा गरेको हो ।

योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा सप्नन्न फाइनलमा ब्राजिलले सुरुमै अग्रता लिने अवसर पाएको थियो । स्पेनी डिफेन्डरले हातले बल रोकेपछि ३८ औं मिनेटमा पाएको पेनाल्टीमा रिचार्लीसनले प्रहार गरेको बल पोष्टमाथिबाट बाहिरियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा म्याथ्युज कुन्हाको गोलमा ब्राजिल १–० ले अगाडि बढ्यो ।

Inside Article Ads

दोस्रो हाफमा स्पेनले बल पोजेसन राख्दै बलियो प्रदर्शन गऱ्यो । यसक्रममा मिकेल ओयरजबलले ६१ औं मिनेटमा गोल गर्दै खेल १–१ मा पुऱ्याए । निर्धारित ९० मिनेट पनि बराबरीमै सकियो । थपिएको ३० मिनेटको अतिरिक्त समयमा म्याल्कमले निर्णायक गोल गरेर ब्राजिलले ओलम्पिक फुटबलको उपाधि रक्षा गरेको हो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.