Fast Nepal News

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

banner single news

काठमाडौँ — २२ श्रावण  २०७८

काठमाडौँ, नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार अपराह्न ४ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुन सक्ने उनले बताए ।

सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ गठबन्धनको कार्यदलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री देउवा गठबन्धनको प्रतिवेदन आएपछि मात्र सरकार विस्तार गर्ने तयारीमा छन् ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.