Fast Nepal News

चुमनुब्रीमा १८ वर्षमाथिका सबैलाई खोप

banner single news

गोरखा — २२ श्रावण  २०७८

गोरखा , चुमनुब्री गाउँपालिकाकमा पनि १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । ८ सय एक जनाले कोभिसिल्ड खोप लगाएका छन् ।तीमध्ये ६ सय ७ जना ५५ वर्ष उमेर कटेका ज्येष्ठ नागरिक हुन भने एक सय ९४ फ्रन्टलाइनर छन । ८ सय एकमध्ये ९१ जनाले कोभिसिल्डको दोस्रो मात्रा पनि लगाइसकेको स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरीक्षक ऋषि खत्रीले बताए ।१८ देखि ५४ उमेर समूहका २ हजार ७ सय ८२ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।

‘चुमनुब्रीमा दुई चरणमा खोप अभियान सञ्चालन भएको थियो, फागुन–चैतमा फन्टलाइनर र ५५ वर्ष उमेर माथिकालाई खोप लगायौं,’ खत्रीले भने, ‘साउनमा दोस्रो चरण अन्तरगत १८ वर्ष उमेरमाथिका ३ हजार लक्षित गरेका थियौं, २ हजार ७ सय ८२ जनाले मात्र खोप लगाए ।’चुमनुब्री गाउँपालिकामा छुट भएकालाई स्वास्थ्य सञ्जाल, वडा, पालिकासँग समन्वय गरेर पहिलो मात्राको खोप लगाउने उनले बताए ।‘दोस्रो मात्राको खोप लैजाने पनि तयारीमा छौं, साउन अन्तिम साता पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘१८ वर्ष माथिका सबैलाई खोप लगाएर छिट्टै पूर्ण खोप पालिका घोषणा तयारीमा छौं ।’ दुर्गम र चीन सीमाक्षेत्र भएकाले सरकारको नीतिअनुसार नै खोप लगाइएको खत्रीले बताए । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.