
काठमाडौँ — २१ श्रावण २०७८
काठमाडौँ, टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्री गरेको जानकारी दिएको छ ।यो स्पोर्टी लुक्स र ब्लुटुथ जडित स्कुटर हो । टीभीएस एनटर्क १२५ स्कुटर तीन वर्षभित्रमा ५० हजार युनिट गर्न सफल रहेको कम्पनीले जनाएको छ ।
सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा ब्लुटुथ जडित स्कुटरका रुपमा बिक्री सुरु गरिएको थियो ।टीभीएस एनटर्क १२५ डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपर स्क्वाड एडिसन गरी पाँच भेरिएन्टमा उपलब्ध छ ।
(कान्तिपुर दैनिक)
