
काठमाडौँ — १४ श्रावण २०७८
काठमाडौँ, रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले ३५० सीसीको नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले बुधबार रोयल इन्फिल्डको क्रुसियर सिरिजमा नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको जनाएको छ ।जसमा ३५० सीसीअन्तर्गत फायर बल, स्टेलर र सुपरनोभा गरी तीन भेरिएन्टका मोटरसाइकल छन् ।
फायर बलका दुई, स्टेलरका तीन र सुपरनोभाका दुई आधिकारिक रङमा मोटरसाइकल बजारमा उपलब्ध हुनेछन् ।नेपाली बजारमा फायर बलको मूल्य ६ लाख, स्टेलरको ६ लाख १७ हजार र सुपरमोभाको ६ लाख ४५ हजार रुपैयाँ पर्नेछ
(कान्तिपुर दैनिक)
