
प्रकाश कपाली। काठमाडौ लामो समयदेखि जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद विघटनको विरोध जनता समाजवादी पार्टीले गरेको थियो। २०७८/०२/२१ गतेको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीमण्डल गठन गरेपछि महन्थ ठाकुर समूहका नेताहरु सरकारमा सहभागी भएका थिए। महतो- ठाकुर समूहका नेताहरु सरकारमा सहभागी भएपछि यादव -भट्टराई समूहका नेताहरुले संसद बिघटन जस्तो प्रतिगमन कार्य गर्ने व्यक्तिलाई साथ दिने भनि चिढिएका थिए। सत्ता प्राप्त गर्ने लोभिपापी प्रवृत्तिले गर्दा जनता समाजवादी पार्टीको नेताहरु बीचको सम्बन्धमा आँच आएको थियो। केपी शर्मा ओलीलाई साथ दिँदै सरकारमा सहभागी भएका महतो- ठाकुर पक्षका नेताहरु सरकार तिर लागेपछि यादव भट्टराई पक्षका नेताहरू रूष्ट भएका थिए । यसैक्रममा पार्टीका नेताहरु दुई समूहमा विभाजित भएपछि पार्टी आधिकारिकताको बारेमा पार्टीमा लामै विवाद भएपछि पार्टी विवादको विषयलाई लिएर निर्वाचन आयोग पुगेका दुई समूहका नेताहरु बीचको विवाद आज निर्वाचन आयोगले टुंगाएको छ। निर्वाचन आयोगले यादव भट्टराई पक्ष समूहका पार्टी आधिकारिकता प्रदान गरेको छ। निर्वाचन आयोगबाट पार्टी अधिकारीकता प्राप्त भएसँगै यादवलाई समूहका नेताहरुले खुसी प्रकट गरेका छन्। यसैगरी महतो ठाकुर समूहका नेताहरुले निर्वाचन आयोगले पार्टी फुटाउदैमा पार्टी नफुट्ने पनि बताएका छन्। जसपाका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाएको आरोप लगाएका छन्। निर्वाचन आयोगले पार्टी फुटाउदैमा पार्टी नफुट्ने र आफुले नवनिर्माण गर्ने पार्टी मजबुत बन्ने पनि उनले बताएका छन्। यसैगरी जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले महतो-ठाकुर पक्षले प्रतिगमनकारीलाई सहयोग गर्नु र केपी शर्मा ओलीको सरकारमा जानु गलत रहेको टिप्पणी गरेका छन्। यसैगरी यादवले यदि जनता समाजवादी पार्टीमा आउन चाहेमा गल्ती स्वीकारेर आउन पनि महतो- ठाकुर नेताहरुलाई आग्रह गरेका छन्। यसैगरी आज जनता पार्टी समाजवादी पार्टीको शक्ति सन्तुलनमा उथलपुथल भएको छ।
