Fast Nepal News

सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना

banner single news

डोटी – चैत २०

डोटी, जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको पाइएपछि त्यहाँका किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना गरिएको छ । जिल्लामा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ)ले उक्त तालिमको आयोजना गरेको हो । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य महिलाको मौलिक’ अधिकार हो भन्ने मूलमन्त्रका साथ किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवासम्बन्धी शिक्षकलाई तीनदिने तालिम शुरु गरिएको सो संस्थाका अध्यक्ष खड्कराज शर्माले जानकारी दिए ।

उमेर नपुग्दै विवाह गर्ने चलनका कारण त्यहाँका किशोरीले सानैमा बच्चा जन्माउने तथा अकालमै ज्यान गुमाउनु परेको जटिल समस्या रहँदै आएको सिडिएफका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए । उनले भने, “जिल्लामा सानै उमेरमा विवाह गर्ने चलन अझै कायमै छ, जसले गर्दा त्यहाँका किशोरीको अकालैमा ज्यान जाने गरेको छ ।” किशोरकिशोरीलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले बालविवाह गर्नाले पर्ने विभिन्न प्रकारका नकारात्मक असरका बारेमा सचेतीकरणका लागि सहज हुने लक्ष्य लिइएको छ ।

Inside Article Ads

सानै उमेरमा नै गर्भवती हुनुपर्ने र यसबाट विभिन्न जटिलता भोग्नुपर्ने, उचित शिक्षा तथा आवश्यक सीप सिक्ने तथा वृत्ति विकासका अवसर गुम्नेलगायत समस्या हुने गरेको परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले जानकारी दिए ।

सकेसम्म किशोरावस्थामा विवाह गर्नु राम्रो होइन र यदि विवाह भएमा पनि उमेर नपुगी बच्चा जन्माउनु राम्रो नहुने उनको भनाइ छ । दम्पतीले आफूलाई उपयुक्त हुने परिवार नियोजनका उपाय अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.