
काठमाडौं ।युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपाल (UNMSN) को कानुनी सल्लाहकार भगवान अधिकारी भएका छन् । पत्रकारिता बिषयमा लामो प्राध्यापन अनुभवी अधिकारी समाजसेवीको रुपमा परिचित छन् । डा चन्दन रमन अध्यक्ष रहेकोे यो संस्थाले नेपालको स्वास्थ क्षेत्रमा योगदान पुर्याउने क्रममा सातै प्रदेशमा स्वास्थ सचेतना एवं युबा परिचालन गरिसकेको छ । यो संस्था लाई अमेरिकन सरकारी संस्था एमसीआईडी वासिङ्टनले कोभिड -१९ महामारीको बेला नेपाली तराई भेगमा काम गरेको आफ्नो संस्थाको बुलेटिनमा उल्लेख गरेर यो संस्थालाई “रिकोग्नाईज ” गरेको छ । निकट भबिस्यमै स्वास्थ सचेतनामा युबा परिचालन गर्ने भएको अध्यक्ष डा चन्दन रमन बनाउछ्न् । यो संस्थाको सल्लाहकारमा प्रा .डा बिभुती रन्जन झा ,प्रा डा प्रकाश घिमिरे ,अधिवक्ता नितिका ढुङ्गाना ,उपाध्यक्ष डा अनुज देवकोटा , महासचिव डा हिमाल वहादुर मगर ,सदस्य डा सुतप यादव ,ज्याेती पन्त ,सदिच्छा गौतम रहेका छन् ।त्यसैगरी ,डा सरद चन्द्र बर्मा ,डा शुशिल नाथ प्याकुरेल तथा डा रुबी दास िवषय विशेषज्ञका रूपमा सल्लाहकार रहेका छन् साथै कानुनी सल्लाहकारमा अधिवक्ता चुडामणि भण्डारी पनि शुरु देखि थिए


।
साे संस्थाले दर्जनौं देश बिदेशका संघ संस्था एवं बिश्वबिद्यालय संग समन्वय गरि काम गरिरहेको छ ।
यसले राष्ट्रिय युवा परिषद ,युवा तथा खेलकुद मन्त्रालयसंग समन्वय गरि स्वास्थ ,शिक्षा र युवा परिचालनमा योजना एक निति बनाई कार्यक्रम संचालन गरिरहेको छ । सम्पुर्ण कार्यक्रम समाजसेवामा समर्पित भएको डा . चन्दन रमन बताउँछन् ।
