Fast Nepal News

माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ

banner single news

१३ असोज, काठमाडौं । स्वास्थ्य उपचारका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।
नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् ।
पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार, बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक जादै हुनुहुन्छ । ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ जानु भएको हाे ।’

उनी लामो समयदेखि जण्डिस बिगि्रएपछि देखिने एक प्रकारको समस्याबाट पीडित थिए। यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।

Inside Article Ads

पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.