Fast Nepal News

श्रमजीवी वर्गलाई राजधानीमा साल्भेशन आर्मी मिसन द्वारा राहत वितरण।

banner single news

विश्वमा कोरोना भाइरसको महामारी फैलिए सँगै हाम्रो देश नेपाल पनि कोरोना भाइरसको महामारी बाट अछुतो रहन भने सकेन। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आमनागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञा जारी गरेसँगै धेरैजसो श्रमजीवि वर्ग हरु रोगका कारण भन्दापनि भोकको कारण आफू र आफ्नो परिवारको दैनिक गुजारा गर्न असहज भइरहेको अवस्थामा ३०० मजदुर वर्गलाई लक्षित गर्दै राहात वितरण गर्ने लक्ष्य लिएको छ। दैनिक खाद्यान्न सामग्री जोहो गर्न कठिन रहेका श्रमजीवि वर्गलाई सहयोग गरेको साल्भेशन आर्मी मिसन नेपालका कोषाध्यक्ष निशान लोले ले बताउनुभयो। साल्भेशन आर्मी मिसनले राहत दिने कार्य शुभारम्भ गर्दा कम्तिमा १५ घरपरिवारका सदस्यलाई उपभोग्य सामग्री हस्तान्तरण गरेको कोषाध्यक्ष लोले बताउनुभयो ।

Inside Article Ads

साल्भेशन आर्मी मिसन नेपालले श्रमिक वर्गलाई लक्षित गर्दै राहत वितरण गर्ने अनुमति समाजकल्याण परिषद्बाट लिएको सारै साल्भेशन आर्मी मिसन नेपालले जनाएको छ।

द सल्भेशन आर्मी मिसन नेपालले श्रमजीवि वर्गलाई लक्षित गर्दै गरेको सहयोगले श्रमजीवी वर्गलाई ठूलो राहत पुगेको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.