Fast Nepal News

आज रातो मच्छिन्द्रनाथको रथयात्रा साङ्केतिक रूपमा सुरु हुँदै

जिल्ला प्रशासन कार्यालयको अनुरोधलाई स्वीकार गर्दै ९ गुठीका सदस्यहरुले बाजा बजाउने व्यक्ति, आचार्य गुरु, गुठीका मुख्य सदस्यहरु, रथ तान्न सहायता गर्ने सहकर्मीहरूको सहभागिताका आधारमा २५ मिटर क्षेत्रमात्र रथयात्रा गर्ने जनाएको छ।

banner single news

‌‌ प्रकाश कपाली। ‌

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ। करिब एक महिनासम्म चल्ने लामो जात्रा आज तृतीयाका दिनदेखि असार शुक्ल चौथी का दिन सम्म रातो मच्छिन्द्रनाथको रथयात्रा हुने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो। प्राचीन समयमा उपत्यकाका क्षेत्र ललितपुरमा खडेरी लागेपछि भक्तपुरका राजा नरेन्द्रदेवको उपस्थितिमा कामाकक्षबाट रातो मच्छिन्द्रनाथलाई ललितपुरमा ल्याएर पूजा उपासना गरेपछि समयसमयमा खडेरी नलागी पानी परेको र अन्न प्रशस्त मात्रमा उब्जनी भएको ललितपुर जिल्लाका नेवार समुदायका व्यक्तिहरु बताउछन् । यसैगरी वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको पूजा गर्दा कहिले पनि अनिकाल नहुने धार्मिक विश्वास रहेको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो। एक महिनासम्म चल्ने यो जात्राको अन्तिम दिनमा भोटोजात्रा पनि देखाउने प्रचलन छ। ‌ विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा यात्रा हुने भएको छ । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेकोले अघिल्ला वर्षहरूमा जसरी रातो मच्छिन्द्रनाथको सीमित व्यक्तिहरुलाई मात्र सहभागी गराई सांकेतिक रुपमा रथयात्रा गर्ने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो। बुधबार बसेको सरोकारवालाहरूको बैठकले न्यून व्यक्तिहरूलाई जात्रामा सहभागी गराई र रथयात्रा सुरु गर्ने पनि जनाएको छ। ललितपुर जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको हुँदा जात्रामा न्यून ब्यक्तिहरुलाई जात्रामा सहभागी गराउन अपिल गरेकोले जिल्ला प्रशासन कार्यालयको अनुरोधलाई स्वीकार गर्दै ९ गुठीका सदस्यहरुले बाजा बजाउने व्यक्ति, आचार्य गुरु, गुठीका मुख्य सदस्यहरु, रथ तान्न सहायता गर्ने सहकर्मीहरूको सहभागिताका आधारमा २५ मिटर क्षेत्रमात्र रथयात्रा गर्ने जनाएको छ। सहभागी सदस्यहरूको कोरोनाको रिपोर्ट नेगेटिभ आउनुपर्ने र सो व्यक्ति मात्र रथ यात्रामा सहभागी हुन पाउने ललितपुर जिल्ला प्रशासनका का कार्यालयले जनाएको छ। स्वास्थ्य मापदण्ड अपनाउँदै कोरोना भाइरसको महामारी को यस्तो अवस्थामा पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको हो।

Inside Article Ads
Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.