Fast Nepal News

दसैँमा पूर्वराजाको सन्देशः राजनीतिक दलहरु असफल

banner single news

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द शाहले कोरोनाभाइरसको महामारीमा नागरिक जीवन सहज र सुरक्षित बनाउन राजनीतिक दलहरु असफल भएको बताएका छन् । प्राकृितक विपत्ति मानव वसको कुरा नभए पनि विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन कष्टकर बन्दै गएको उनको ठहर छ ।

विज्ञप्तिमा पूर्वराजाले भनेका छन्, ‘संकटको घडीमा अभिभावको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

Inside Article Ads

शाहले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजाले भनेका छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.