
काठमाडौ असार २९ ,पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार, काठमाडौँले एक कार्यक्रमको अायाेजना गरि २०८ औँ भानुजयन्तीको अवसर पारेर विद्यालयस्तरीय छन्द कवितावाचन कार्यक्रम सम्पन्न गरेको छ । 

करिब तीन सय विद्यार्थी को अनलाइन उपस्थितिमा आधारभूत र माध्यमिक तहको उपस्थिति रहेको अायाेजकले जनाएको छ । विद्यालय व्य.स. का अध्यक्ष श्री आरती शर्माज्यूको अध्यक्षाता रहेको उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी श्री रामप्रसाद सुवेदीज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै विशिष्ट अतिथिका रुपमा पद्मकन्या श्रोतकेन्द्रका श्रोत व्यक्ति श्री खगराज जोशी उपस्थित हुनुहुन्थ्यो । यस कार्यक्रमलाई सोही विद्यालयका शिक्षक श्री शिवराज पौड्यालज्यूले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक श्री मुना निरौलाज्यूले भानुभक्तको बारेमा प्रकाश पार्दै सबै अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । विद्यालयकी प्रधानाध्यापक रीता तिवारीज्यूले भानुभक्तको कविताका श्लोकबाट विद्यालयको तर्फबाट आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कार्यक्रममा शिक्षकहरू श्री दीपेन्द्र रेग्मी, श्री जीवराज आचार्य र श्री पुरनप्रसाद पैंतोलाज्यूले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । 






३९ जना प्रतियोगी छात्राहरुले आफ्ना र विभिन्न कविहरुका छन्दोबद्ध कवितावाचन गरेको यस कार्यक्रममा माध्यमिक तहतर्फ स्वीकृती बास्तोला (कक्षा १०) प्रथम, जुनु शाही (कक्षा ९) द्वितीय, गीनिज बुढा (कक्षा) १० तृतीय र कविता राउत (कक्षा ११) सान्त्वना स्थान हासिल गरेका छन् भने आधारभूत तहतर्फ शाशा बस्नेत (कक्षा ८) प्रथम, श्रीया खनाल (कक्षा) द्वितीय, प्रशंसा सेवा (कक्षा ७) तृतीय र स्मृति के.सी. ले सान्त्वना स्थान हासिल गर्नु भएको छ । दुवै तहका प्रथम द्वितीय तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई क्रमशः रु. २०००/, रु. १५००/, रु. १०००/ र रु. ५०० पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम काे समापन अध्यक्ष आरती शर्मा ज्यू ले गर्नु भएको थियो।।।
