Fast Nepal News

पोखराका विद्यालय कतै खुला, कतै बन्द

banner single news

पोखरा – चैत १९

पोखरा, वायु प्रदूषण बढेको भन्दै सरकारले तीन दिनअघि देशभरका शिक्षणसंस्था चारदिनसम्मका लागि बन्द गर्ने घोषणा ग¥यो। सरकारी निर्णय मान्दै धेरैतिरका विद्यालयले थप सूचना निकालेर शैक्षिक संस्था बन्दको जानकारी पनि दिए। तर, कतिपय स्थानीयतहले भने संघीय सरकारले भनेजस्तो प्रदूषण सबैतिर नरहेको भन्दै शिक्षण संस्था खुलै राख्ने निर्णय गरे।

शैक्षिक संस्था खुलै राखेका स्थानीय तहमा सञ्चालित विद्यालयमा अहिले धमाधम पढाई भईरहेको छ। सरकारी निर्णय आउनासाथ तनहुँको भिमाद नगरपालिकाले अर्को सुचना निकालेर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय खुलै रहने र पठनपाठन यथावत् राख्ने जानकारी दियो। त्यही जानकारी पाएपछि नगरभित्रका सबै विद्यालय सञ्चालमा रहेको भिमाद नगरपालिकाका शिक्षा शाखाका उपसचिव पदमराज आचार्यले बताए। उनका अनुसार नगरभित्रका ४३ सामुदायिक र १२ निजी विद्यालयमा पठनपाठन चलिरहेको छ।

‘सरकारले सबैतिर वायु प्रदूषण बढेको भन्दै देशैभरका विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय त गर्‍यो, तर, त्यो अवस्था सबैतिर थिएन र अहिले पनि छैन,’ आचार्यले भने, ‘हामीले भने भिमादभित्र उत्तिसारो प्रदूषण नरहेकोले विद्यालय खुलै राख्ने निर्णय गर्‍यौं।’ कोरोना भाइरस महामारीका कारण लामो समय शिक्षण संस्था बन्द हुँदाको मार अझै कम नभएको अवस्थामा थप चारदिन विद्यालय बन्द गर्दा अप्ठेरो पर्ने अवस्था आएको भन्दै निजी विद्यालयले त बन्द गर्नै समेत नमान्ने अवस्था रहेको उनले बताए।

Inside Article Ads

‘सरकारले सबैतिर वायु प्रदूषण बढेको भन्दै देशैभरका विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय त गर्‍यो, तर, त्यो अवस्था सबैतिर थिएन र अहिले पनि छैन,’ आचार्यले भने, ‘हामीले भने भिमादभित्र उत्तिसारो प्रदूषण नरहेकोले विद्यालय खुलै राख्ने निर्णय गर्‍यौं।’

‘विद्यालयमा पढाइ सक्न सकस पनि छ। बल्लतल्ल शिक्षा क्षेत्र लयमा फर्किने प्रयासमा छ। यहीबेला चारदिनसम्म विद्यालय बन्द गर्दा पठनपाठन थप प्रभावित हुने देखियो,’ उनले भने, ‘वार्षिक परीक्षा आउनै थालेको र पाठ्यक्रम सक्न पनि दबाब रहेकोले विद्यालय बन्द गर्न सकिएन।’ सरकारले काठमाडौंलाई हेरेर ७७ वटै जिल्लामा वायु प्रदूषण रहेको आँकलन गर्दा यो अवस्था आएको उनले बताएको आजको नागरिक दैनिकमा खवर छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.