Fast Nepal News

पद्मोदय आवाज वार्षिक पुस्तिका विमोचन

शिक्षा अधिकारी तथा कार्यक्रम का प्रमुख अतिथी राम प्रसाद सुवेदी ले विद्यार्थी हरुले पुस्तक लाई अझै राम्रो बनाउन शुभकामना दिनुभयो।

banner single news


२९ फागुन, काठमाण्डौ

पद्मोदय आवाज वार्षिक पत्रीका आज विमोचन भएको छ। २०७७ फागुन २९ गते पद्मोदय माध्यमिक विद्यालय को ७५ औँ वार्षिकोत्सब मा पुस्तक विमोचन भएको हो। विगत ५ वर्ष अघि देखि पत्रकारिता का शिक्षक उज्ज्वल खनाल को संरक्षणकत्व र प्रस्तावमा पुस्तक प्रकाशन भएको विद्यार्थी प्रकाश कपाली ले जानकारी दिनुभयो।
अहिले पुस्तक वर्ष ५ को अंक ५ सम्म प्रकाशन भैरहेको छ।

Inside Article Ads


६ जनाको सम्पादकीय मण्डल मा प्रकाशित पुस्तक लाई काठमाण्डौ महानगर २८ नं वडा का अध्यक्ष धायराम खड्की , काठमाण्डौ शिक्षा अधिकारी रामप्रसाद सुवेदी , महानगर का श्रोतव्यक्ती खगराज जोशी तथा अन्य विशिष्ट अतिथिहरु द्वारा पुस्तक विमोचन तथा सार्वजनिक भएको हो।
यस वर्ष झैं प्रत्यक वर्ष कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थी हरुले आफुमा भएको लेख रचना प्रकाशित गर्ने गर्दछन्।

प्रकाश कपाली, सरोज वर्देवा, पुजा कुमारी शाह, खुसी थापा मगर, दुर्गा न्यौपाने, भवना ढकाल, रमेश थापा मगर, डायमण्ड जोशी, प्रकाश तामाङ र आशिका भट्ट को सम्पादक मण्डल ले पुस्तक प्रकाशन गरेको प्रकाश कपाली जानकारी दिनुभयो।
पुस्तक मा कक्षा ११/१२ का विद्यार्थी हरुले आफ्नो लेख रचना तथा नेपालको भुगोल बनावट का बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो। सो पुस्तक मा रमाइला कथा, मुक्तक जस्ता रचना हरु भेटिएका छन्। पुस्तक मा प्राय विद्यार्थी हरु ले आफ्नो देश को स्वाभिमान र देश को गन्तव्य कता? भन्ने विषय मा आफ्नो लेख प्रकाशन गर्नु भएको थियो।

कार्यक्रम मा प्रकाश कपाली ले अब आउँदा वर्ष हरुमा पुस्तक लाई अझ परिस्कृत स्वरुप का साथ अघि बढाउनु पर्ने वताउनुभयो।
वहाँले भन्नू भयो: यसरि नै विद्यार्थी हरुले पुस्तक प्रकाशन जस्ता कामहरुले विद्यालयको तथा अन्य ठाउँ को वातावरण मा समेत सकारात्मक प्रभाव पर्ने वताउनुभयो।

शिक्षा अधिकारी तथा कार्यक्रम का प्रमुख अतिथी राम प्रसाद सुवेदी ले विद्यार्थी हरुले पुस्तक लाई अझै राम्रो बनाउन शुभकामना दिनुभयो। विद्यालय ले यस्तै प्रशंसनीय काम गरेर नै विद्यालय को गौरवमय इतिहास रहेको वहाँले वताउनुभयो।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.