Fast Nepal News

पद्मोदय माविको ७५औँ वार्षिकोत्सब सम्पन्न।

पद्माेदय अावज पत्रिका विमाेचन कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित )

banner single news

डायमण्ड जोशी
काठमाण्डौ २९,फाल्गुन

पद्मोदय माध्यमिक विद्यालय को ७५ औं वार्षिकोत्सब सम्पन्न भएको छ। पद्मोदय मा.वि को स्थापना वि.सं २००३ फागुन २९ गते तत्कालीन श्री ३ पद्म शमशेर ले गरेका थिए। यो विद्यालय ले आज मनाए झै वर्षौं फागुन २९ गते का दिन मनाउदै आएको छ।

काठमाण्डौ महानगर वडा नं २८ का अध्यक्ष धायराम खड्की को अध्यक्षता मा भएको कार्यक्रम मा प्रमुख अतिथी काठमाण्डौ का शिक्षा अधिकारी राम प्रसाद सुवेदी र विशेष अतिथि मा काठमाडौ महानगर का श्रोतव्यक्ती खगराज जोशी तथा अतिथिहरु विद्यालय कि पुर्व प्र.अ मिनाकुमारी कोईराला पुर्व वि.व्य.स अध्यक्ष हेमन्त खरेल लगाएत मा उच्च पदस्त व्यक्तिहरु सहभागी हुनु भयो

वार्षिकोत्सब मा स्वागत मन्तव्य राख्नुहुँदै पद्मोदय मा.वि का प्र.अ नारायण प्रसाद गौतमले विद्यालय एक संस्कार सु-संस्कृत ले सभ्य रहेको र इतिहास बोकेको भन्दै सम्बोधन गर्नु भयो।
विद्यालय मा स्काउट तथा विभिन्न शिक्षा परियोजना का लागि आवश्यक सामाग्री हरु विद्यालयले उपलब्ध गराएको र सरसफाई परियोजना र प्रयोगात्मक रुपमा विद्यालयमा विभिन्न विद्यार्थी हरुले नै विभाग गठन गरेको वताउनुभयो।
प्र अ गौतमले भन्नू भयो यस विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थीहरु उच्च निकाय मा समेत रहेका छन्।

Inside Article Ads


विद्यार्थी का तर्फ बाट सम्बोधन गर्दै कक्षा १२ मा अध्यनरत विद्यार्थी प्रकाश कपाली ले यस विद्यालयमा विभिन्न संघ संगठन हरुले विद्यालय को वातावरण नै सुगन्धित गरेको वताउनुभयो। अब आउँदा वर्ष हरुमा पद्मोदय आवाज लाई पद्मोदय विद्यार्थी पत्रकार संघ ले नेतृत्व गरि प्रकाशन गर्ने जानकारी दिनुभयो। यो वार्षिक पत्रीका पुस्तक लाई संरक्षण र विद्यार्थी हरुलाई यसमा प्रोत्साहित गर्नुभएको भन्दै उज्वल खनाल लाई विशेष सम्मान प्रकट गर्नुभयो। पुस्तकमा आफ्नो लेख लेख्नुहुने सम्पुर्ण शिक्षक वर्गहरु लाई दोसल्ला ओडाएर सम्मान गर्नुभयो।

कार्यक्रम का प्रमुख अतिथि राम प्रसाद सुवेदी ले यश विद्यालय को गौरवमय इतिहास रहेको वताउनुभयो। सुवेदी ले पद्मोदय मा.वि लाई शुभकामना दिनुहुँदै। शिक्षक हरु ले जो विद्यार्थी अघि बढ्यो उसैलाई बढी प्रोत्साहन गर्ने र पछि परेका विद्यार्थी हरुलाई पछी नै पार्ने नेपाली को वानी भएकाले यसो बानी भए नेपाल ले नै हटाउन आग्रह गर्नुभयो। विद्यार्थी लाई जसरी सिकाई मा सजिलो हुन्छ त्यसरी नै विद्यालय ले प्राथमिकता दिनुपर्ने वताउनुभयो।

महानगर वडा नं- २८ का अध्यक्ष तथा कार्यक्रम का सभापति धायराम खड्की ले विद्यालय को पठनपाठन मा विद्यार्थी हरुलाई सहज बनाउन सरकार र काठमाण्डौ महानगर लागि परिरहने जानकारी दिनुभयो। सम्बोधन गर्नुहुँदै अध्यक्ष खड्की ले पद्मोदय आफैमा गौरवान्वित भएको कुरा जानकारी गराउनुभयो।

वार्षिकोत्सब कार्यक्रम मा कक्षा ११/१२ का विद्यार्थी हरु द्धारा प्रकाशित पद्मोदय आवाज वार्षिक पत्रीका लाई मञ्चमा आसिन विशिष्ट व्यक्तिहरुले विमोचन पनि गर्नुभएको थियो। कार्यक्रम को दोस्रो चरणमा मनोरञ्जन कार्यक्रम पनि रहेको थियो। जसमा विद्यार्थी हरुले आफुमा भएका साहित्य कला प्रदर्शन गरेका थिए।

Visited 65 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.