Fast Nepal News

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिए निर्देशन

banner single news
१६श्रावण , काठमाडौँ-प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ।
मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजूद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशन दिनुभएको हो।
Inside Article Ads
बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगत्मा प्रशस्त दृष्टान्तहरू छन्।
तसर्थ, विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत म यहाँहरूको ध्यानआकृष्ट गराउँछु।’’
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.