Fast Nepal News

प्रेस विज्ञप्ति जारी गर्दै रत्नराज्यलक्ष्मी क्याम्पसले ३ विद्यार्थीहरुलाई निष्कासित गर्यो

banner single news
१८ पुष, काठमाडौँ -रत्नराज्यलक्ष्मी क्याम्पसमा खुकुरी प्रहारमा संलग्न क्याम्पसका ३ विद्यार्थीहरुलाई क्याम्पसले निष्कासन गरेको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पसले भयरहित वातावरणमा पठनपाठन भइरहेको स्थानमा अराजक गतिविधि गर्ने कृष्ण गिरी, सबिन निरौला र जलप तामाङलाई निष्कासित गरेको जनाएको हो।
कक्षा सञ्चालन भइरहेको समयमा क्याम्पसभित्र हिंसात्मक गतिविधि गरेको र शैक्षिक वातारणमा खलल पुर्याएकाले ३ विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताउनुभएको छ।गत बुधबार स्ववियुको विषयमा भएको छलफलमा कुरा नमिलेर विवादमा परिणत भएर विवादले अग्र रूप लिएपछि नेकपा रत्नराज्यलक्ष्मी अखिलका विद्यार्थी बिच खुकुरी प्रहार भएको थियो।
Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.