Fast Nepal News

भौतिक उपस्थितिमै पढाइ

banner single news

रुकुम पूर्व — २ भाद्र २०७८

रुकुम पूर्व, रुकुम पूर्वका दुई पालिकाका विद्यालयमा पढाइ सुरु भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र आलोपालो गरेर भौतिक उपस्थितिमै पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा पढाइ सुरु भएको हो ।पुथाउत्तरगंगाका ५४ विद्यालयले पढाइ थालेका छन् ।

विद्यार्थी र शिक्षक आलोपालो गरी आउँछन् । गाउँपालिकाले गरेको कोरोना परीक्षणमा शिक्षकहरूको रिपोर्ट नेगेटिभ आएपछि विद्यालय खोलिएको हो ।लामो समयदेखि पढाइ नभएको र अरू विधिबाट सम्भव नभएपछि भौतिक उपस्थितिमै पढाउन थालिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । जिल्लामा संक्रमण कम भएकाले पढाइ थालिएको पालिकाले जनाएका छन् । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.