
मेष राशि(चु,चे,चो,ला,लि,लु,ले,लो,अ )–
छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।
वृष राशि(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला । ।
मिथुन राशि(का,कि,कु,घ,ङ,छ,के,को,हा ) –
नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला। गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाटपनि सुख मिल्नेछ ।
कर्कट राशि( हि,हु,हे,हो,डा,डि,डु,डे,डो )–
वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।
सिंह राशि(मा,मि, मु,मे,मो,टा,टि,टु,टे ) –
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन ।
कन्या राशि(टो,पा,पि,पु,ष,ण,ठ,पे,पो ) –
विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।
तुला राशि(रा,रि,रु,रे,रो,ता,ति,तु,ते )–
प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ ।
वृश्चिक राशि( तो,ना,नि,नु,ने,नो,या,यि,यु ) –
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होला ।
धनु राशि(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) –
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।
मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )–
चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला ।व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।
कुम्भ राशि(गु,गे,गो,सा,सि,सु,से,सो,दा )–
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
मीन राशि( दि,दु,थ,झ,ञ,दे,दो,चा,चि ) –
यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
