Fast Nepal News

कार्तिक १५ गते बुधबारको राशिफल

आजको राशिफल

banner single news

मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला।

वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–

छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ ।  धनलाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ ।

मिथुन   राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )

प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला ।

कर्कट

कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।

सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।

कन्या राशि( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्नलाभ पनि हुने देखिन्छ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।  शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् ।

Inside Article Ads

तुला राशि( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ ।  लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा वचन दिनाले दुस्ख पाइनेछ ।

वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ ।

धनु  राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।

मकर  राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-

मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ।

मीन  राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.