
मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । मेहनतले कीर्ति दिलाउनेछ।
वृष राशि( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ ।
मिथुन राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ। पहिलेको सम्झौता भंग हुन सक्छ।
कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला ।
सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ ।
कन्या राशि( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ।
तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ ।
वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ।
धनु राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ र आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ।
मकर राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेभन्दा कम फाइदा मिल्नेछ । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।
कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला।
मीन राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ।
