Fast Nepal News

जेठ १८ गते बिहिबारको राशिफल

banner single news

मेष  राशि–(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला ।

वृष राशि–(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ्र आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला ।

मिथुन राशि–(का, कि, कु, घ, ङ, छ, के, को, ह)

अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला । झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला ।

कर्कट राशि–(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । प्रशस्त पैसाको कारोबार होला ।

सिंह राशि –(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

कन्या  राशि –(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ ।

Inside Article Ads

तुला  राशि–(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । सुख शान्ती पाहिने छ ।

वृश्चिक राशि–(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको पनि लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ ।

धनु राशि–(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला । सुख शान्ती पाहिने छ ।

मकर राशि–(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ ।

कुम्भ राशि–(गु, गे, गो, सा, सि, सु, से, सो, द)

सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । सुख शान्ती पाहिने छ ।

मीन राशि–(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.