
मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। काम प्रारम्भ गर्न सकिनेछ।बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृष राशि(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसोदेखि अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवादमा फसिने डरले सताउन सक्छ।
कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्।
कन्या राशि(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। तर आकस्मिक समस्याले खर्च बढाउने समय छ।
तुला राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्।
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
धनु राशि(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गोपनीयता भंग हुन सक्छ। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। विशेष उपलब्धि प्राप्त हुनेछ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनेछ।
मकर राशि(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, द)
यात्रा गर्ने अवसर जुट्न सक्छ। भौतिक साधन प्राप्त हुनेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मि प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ।
मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ।
