
मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्।
वृष राशि(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
) मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।
मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, ह)
अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।
कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।
कन्या राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।
तुला राशि(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन त्यत्ति राम्रो छैन। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन्। पारिवारिक तनाव बढ्नेछ।
धनु राशि(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ। प्रेममा धोका पाइनेछ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दुस्ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।
मिन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आफन्तसँग बोल्दा सचेत हुनुपर्नेछ।
