
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् । विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।समाजसेवा र परोपकारका कार्य गरिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।पठनपाठनमा पनि प्रगति हुनेछ। सोचने शक्ति बढने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।सहयोगीको राम्रो साथ पाइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ । विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय छ ।आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
