Fast Nepal News

चैत ४ गते शनिबारको राशिफल

banner single news

मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।

वृष राशि(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :

व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ।

मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, हा) :

आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्।साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ।

कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ ।

सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ। उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। नसा, वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ।समय प्रतिकूल रहनेछन्।

कन्या राशि(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन् ।बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्।कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।

तुला राशि(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :

Inside Article Ads

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ।

वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार–व्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्।रोकिएका काम बन्न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

धनु राशि(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :

आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

मकर राशि(भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) :

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ ।बुद्धि–विवेकको उपयोग गर्न नसकिएला।बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्।

कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, दा) :

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ ।कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्।पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ।

मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :

कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ।। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.