Fast Nepal News

चैत महिनाकाे मासिक राशिफल

banner single news
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक पक्ष कमजोर बन्नाले व्यावहारमा समस्या पर्न सक्छ। आयस्रोत कमजोर बन्नेछ भने सञ्चित रकम सकिनाले थालेको काम रोकिन सक्छ। आशा देखाउनेहरूबाट धोका पाइनेछ। समयमै आफ्ना कमजोरी सच्याउन नसक्दा दुःख पाइनेछ। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। अधिक कर्जाले जोखिम निम्त्याउन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा यो महिना निकै फलदायी रहनेछ। अवसर खोज्नेहरूका लागि राम्रो मौका पाइनेछ। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता प्राप्त हुने समय छ। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दागर्दै पनि समय आफ्नो पक्षमा नरहन सक्छ। योजना ठूलो बन्नेछ। तर, धन र जनको अभावले लक्ष्यमा पुग्न समस्या पर्नेछ। सानो उपलब्धिका लागि बढी रकम र श्रम खर्चनुपर्ला। उधारो व्यापारले व्यवसाय खस्किन सक्छ। सञ्चित रकम हातबाट बाहिरिने र उठ्नुपर्ने रकम हातलागी हुन मुस्किल पर्ने देखिन्छ। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। स्वास्थ्यका कारण काममा नियमित जुट्न समस्या पर्ला। तेस्रो सातापछि स्थितिमा सुधार आउनाले केही राहत मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। केही रकम बाहिरिए पनि नियमित आम्दानी हातलागी हुनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति प्रतिकूल रहनाले यो महिना निकै संघर्षमय रहनेछ। सामान्य काम सम्पादन भए पनि सफलताको सिढी उक्लन समय लाग्नेछ। रकम प्राप्त भए पनि महत्त्वाकांक्षी काम बिग्रन सक्छ। सहयोगीहरू पछि हट्नेछन् र आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन्। मन अस्थिर बन्नेछ र आफ्नै अडानमा टिक्न समस्या पर्नेछ। भौतिक साधनतर्फ अधिक खर्च हुनेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। तर, काम बिग्रनाले हर्जाना तिर्नुपर्ने हुन सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ।
Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.