Fast Nepal News

फागुन ६ गते देखी १३ गतेसम्मको साप्ताहिक राशिफल

banner single news

मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

यो साता नयाँ र शुभकार्यको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल दिनेछ । दाम्पत्य सुखमा रमाउने समय छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

यो साता अधुरा कामहरू पुरा हुनसक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा):

साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने भएकाले सजग रहनुपर्ला । नियमित खर्चसमेत बढ्ने योग छ र शिक्षामा वाधा आउनेछ । मङ्गलबारबाट रमाइलो यात्राको योग रहेको छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । भक्ति र आस्था पनि बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

यो साता घरमा अतिथिको आगमन हुनेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखी पूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएको धन हाता पर्न सक्छ र सुखद् यात्राको योग पनि छ ।

सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । शेयर बजार र वाहनबाट लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । शेयर बजारको लगानी पनि कमजोर रहला ।

कन्या राशि(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

यो साता अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक, सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णहुन सकिनेछ, तर नियमित खर्चसमेत बढ्ने योग छ ।

तुला राशि(रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

Inside Article Ads

यो हप्ताको सुरुका दिनमा काममा सानातिना बाधा आउने र काम रोकिनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । स्वास्थ्य समस्याले पनि पिरोल्न सक्छ । साताको मध्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

 

वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु):

यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

धनु राशि(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

यो साता काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक, सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । आफन्त सँग रमणीय र सुखद् यात्राको योग छ । मध्य सातामा स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।

मकर राशि(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):

यो साता बन्दव्यापारको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वाहन लाभको योग छ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्राविधिक र स्वास्थ्य विषयमा सफल हुन सकिनेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । स्वास्थ्य प्रति सजगता पनि अपनाउनु पर्नेछ ।

कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, दा):

यो साता सुरुको दिनमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । मानसिक चिन्ता पनि बढ्नेछ । सोमबार बाट भने लाभदायक र खुसीको यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ ।

मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ । फलदायी यात्रा र शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । वैदेशिक कार्यबाट लाभ र सफलता मिल्नेछ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.