Fast Nepal News

माघ १८ गते बुधबारको राशिफल

banner single news

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विचारले अरूलाई प्रभावित पार्न सकिनेछ। आर्थिक र बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। कामले मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्।कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। अध्ययनले व्यक्तित्व निखार्ने समय छ। मिहिनेत गर्दा दिगो काममा जग बसाउन सकिनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बधाउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छरचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लाभांश अरूका लागि खर्चनुपर्ने अवस्था आउन सक्छ। तारिफयोग्य कामको यश भने प्राप्त हुनेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ।आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझतिर नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। आयस्रोत सबल बन्नेछ।प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

श्रम परे पनि साँझदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ।विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

Inside Article Ads

सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ।मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ।नयां काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला।आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ।पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। मान्यजनसँग असमझदारी बढ्ने सम्भावना छ। साँझतिर स्थतिमा आंशिक सुधार आउनेछ।प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले थप अवसर दिलाउन सक्छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने स्थति कमजाेर बन्नेछ। आफन्त र साथीभाइसमेत टाढिन सक्छन्।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ ।
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.