Fast Nepal News

केतु ग्राहको प्रभावका कारण आजदेखि केही राशिलाई शुभफल प्राप्त हुदैँ

banner single news

१६ माघ, काठमाडौँ – ग्रहको राशि परिवर्तनले व्यक्तिको जीवनमा शुभ र अशुभ प्रभाव पार्छ। ज्योतिषमा केतुलाई छाया ग्रह मानिन्छ ।

कर्म प्रधान ग्रह केतुले नयाँ वर्षमा राशि परिवर्तन गर्नेछ। एक राशिबाट अर्को राशिमा केतुको प्रवेशले सबै १२ राशिमा प्रभाव पार्नेछ, तर यो अवधि केही राशिका लागि धेरै लाभदायक रहनेछ। हाल केतु कन्या राशिमा विराजमान छ तर अक्टोबर २०२३ मा तुला राशिमा प्रवेश गर्नेछ। केतु राशि परिवर्तनले कुन राशिलाई लाभ हुनेछ जान्नुहोस्-

वृष राशि- वृष राशिका व्यक्तिलाई केतुको राशि परिवर्तनबाट लाभ मिल्नेछ। यस समयमा स्वास्थ्यमा सुधार आउनेछ। करियरमा सफलता मिल्ने देखिन्छ। आर्थिक अवस्थामा आएको समस्या समाधान हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। लगानीका लागि समय अनुकूल रहनेछ। व्यापारमा लाभ हुनेछ।

सिंह राशि- सिंह राशि हुनेहरूका लागि केतु राशि परिवर्तन अवधि शुभ रहनेछ। परिवारमा सुख-शान्ति रहनेछ। सम्बन्धमा सुधार आउनेछ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। कार्यस्थलमा उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। यस समयमा गरिएको मिहिनेतको पूरा फल मिल्नेछ।

Inside Article Ads

धनु राशि- केतुको राशि परिवर्तन धनु राशिका लागि शुभ रहनेछ। यस अवधिमा काममा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। अदालती मामिलामा विजयी भइने छ । पुराना रोगबाट मुक्ति मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ।

मकर राशि -मकर राशिका व्यक्तिहरूको आयमा वृद्धि हुने सम्भावना छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सकिनेछ । अचानक धन लाभ हुनेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यवसाय गर्नेको लागि समय राम्रो छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.